February 1, 2026, Sunday
२०८२ माघ १८
1:37:26 pm

बढ्यो डिजेल र मट्टितेलको मूल्य

340

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् छ भने हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले घटेको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।

Advertisement