January 29, 2026, Thursday
२०८२ माघ १५
1:37:26 pm

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

550

मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । बुधबार बिहान ८ः४५ बजे बारामतीमा भएको विमान दुर्घटनामा उनको मृत्यु भएको हो ।

प्रारम्भिक जानकारी अनुसार अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार ¥यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ ।

पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो ।

Advertisement

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो ।