May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

प्रचण्डले भने- ‘ओलीलाई जनताले होइन, पार्टीले प्रधानमन्त्री बनाएको हो’

1.6K

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

जनताले प्रधानमन्त्री चुनेर पठाएको तर काम गर्न नदिएपछि जनतामाझ नै जाने ओलीको अभिव्यक्तिलाई खण्डन गर्दै यस्तो बताएका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। हामीले बनाएका हौं। हाम्रो पार्टीले बनाएको हो। जनताले बनाउने भए त २७५ जना नै प्रधानमन्त्री हुन्थे। जनताबाट त २७५ जना निर्वाचित भएका हुन्।’

Advertisement

पार्टीले प्रधानमन्त्री बनाएकाले पार्टीको अनुशासन र निर्देशनमा चल्नुपर्ने उनको भनाइ थियो। पार्टीको सल्लाहअनुसार नचलेकै कारणले प्रश्न उठेको बताए।