काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन् । अहिलेसम्म गणना भएको ४०६८ मतमा शर्माले १७७० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नी खरेलले ११४७ मत प्राप्त गरेका छन् ।
झापा १ मा एक लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८७ हजार ३ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिए ।