April 26, 2024, Friday
२०८१ बैशाख १४
1:37:26 pm

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

3.8K

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत संविधान सभा सदस्यसमेत रहेका लेखक पुरनसिंह दयालले लेखेका हुन् ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरूङका अनुसार लेखक दयालले संक्रमणकालीन द्वन्द्वका पात्र खपर्‍यालाई मूल विषय बनाएर लुकेको इतिहासको उत्खनन् गरेको छ । उनले पुस्तकमा ओझेलमा पारिएका पात्र, इतिहास र प्रवृत्तिलाई निकै ठुलो मेहनतका साथ बाहिर ल्याएका छन् ।

यस पुस्तकले सिङ्गो सुदूर पश्चिम र कर्णाली प्रदेश लगायतका कुमाउँमण्डलका लागि समेत खपर्‍याको विषयमा प्रष्ट पार्ने भएका कारण पुस्तक ज्यादै महत्त्वपूर्ण रहेको छ ।

Advertisement

रु. २०५ मूल्य रहेको पुस्तक प्रज्ञा भवन परिसरमा अवस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तक विक्री कक्षका साथै आधिकारिक विक्रेता मकालु प्रकाशन गृहको विक्री कक्ष र देशका सातओटै प्रदेशमा उपलब्ध हुने छ ।