May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

२०७७ फाल्गुन २४

2.6K

काठमाडौं— नेकपा माधव–प्रचण्ड समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक आवश्यक तयारी गर्नुपर्ने भएकाले सारिएको बताइएको छ। बैठक दिउँसो ३ बजे बस्ने गरी सारिएको उक्त समूहका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

सर्वोच्चको हिजोको फैसलाबारे कानुनी र राजनीतिक छलफल आवश्यक भएकाले बैठक सारिएको उनको भनाइ थियो।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो।

Advertisement

अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफलसमेत गरेका थिए।