November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आफ्ना केन्द्रिय सदस्य र सांसदलाई ‘अलर्ट’ रहन प्रचण्ड–नेपाल समूहको निर्देशन

२०७७ फाल्गुन २०

5.7K

काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहले आफ्ना केन्द्रिय सदस्य र सांसदहरुलाई अलर्ट रहन दिर्नेशन दिएको छ ।

हिजो (बुधबार) मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल समूहले आज उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्य तथा सांसदहरुलाई अलर्ट रहन भन्दै आज फेरि पेरिसडाँडा बोलाएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘परामर्श’ गर्नका लागि आज दिउँसो १२ बजे उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा बोलाएको केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए ।

Advertisement

त्यस्तै प्रचण्ड–नेपाल समूहले अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनेको छ ।