काठमाडौं । सुन तस्करी प्रकरणको लागि छानबिनका सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहका छन् ।
संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।