April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुनसहित तीन पक्राउ

2.3K

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब एक किलो सुनसहित तीन जना पक्राउ परेका छन् । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दोङले उतैबाट सुन बोकेर आएका थिए । त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

mostbet

Advertisement