April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

सुन तस्करी प्रकरण: पक्राउ गरेर आतंकित बनाएको भन्दै कर्मचारीहरूद्धारा भन्सारका सबै काम ठप्प

2.3K

काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले माग पुरा नभए पछि आजबाट भन्सार कार्यलय ठप्प पार्न लागेका हुन् ।

हिजो तीन घण्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

mostbet

भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

Advertisement

उनीहरुले ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको र जसका कारण भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाइ नभए पछि आइतबारबाट उनीहरू आन्दोलनमा उत्रेका हुन ।

पहुँचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भीर आरोप लगाउँदै ‘सीआईबीबाटै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मुख्य योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा उल्लेख छ ।