June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

सुन तस्करी प्रकरण: थप चारजना चिनियाँ नागरिक पक्राउ

1.4K

काठमाडौं । सुन तस्करी प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई रहेका छन् । उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

Advertisement