February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

दर्शकमाझ ‘मालिङ्गो काटी’

4.1K

काठमाडौं । डा सुमाया राईको गीत ‘मालिङ्गो काटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राईको शब्द रहेको यस गीतमा रेश्मा पुनको आवाज, डीआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ । डा राई मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाउदै आइरहेकी छन् ।

भिडियोमा बेदना राई, प्रयास दीप राई र प्रकाश लिम्बूको मुख्य अभिनय रहेको छ । भूपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायांकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको निर्देशन तथा कोरियाग्राफी रहेको उक्त भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् ।

भिडियो लिम्दुनी क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement