March 28, 2026, Saturday
२०८२ चैत्र १४
1:37:26 pm

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

210

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

Advertisement

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन आधिकारिक रुपमा सार्वजनिक भने भएको छैन।