March 28, 2026, Saturday
२०८२ चैत्र १४
1:37:26 pm

एमालेले बोलायो आकस्मिक बैठक

455

काठमाडौं। नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ ।अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बिहान साढे ८ बजे बस्नेगरी पार्टीले सचिवालय बैठक बोलाएको हो ।

बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने एमालेका सचिव महेस बस्नेतले बताएका छन्।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, बस्नेतले आह्वान गरेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’

Advertisement