काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेताको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुने बताएका छन् ।
शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले भने, ‘कांग्रेस पार्टी आज बदलिएर देश र जनताको अगाडि उभिएको छ । यो बदलिनु भनेको के हो ? कांग्रेस पार्टीको नेताको अनुहार बदल्यौँ त्यसकारण कांग्रेस बदलियो ? होइन ।’
अनुहार बदलिएको कुरा सामान्य प्रक्रियाको कुरा मात्रै भएको भन्दै उनले नेपाली कांग्रेस पार्टीको सोच, संकल्प र यसको शैली बदलिसकेकाले अब काम बदलिने दाबी गरे । ‘यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ,’ सभापति थापाले भने ।
कांग्रेसले नयाँ पुस्ताको आह्वानलाई स्वीकार गरेर नयाँ सोच र जोशका साथ उभिएको उनले दाबी गरे ।




