November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

370

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले २१ फागुनमा निर्धारित प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय लिएको हो ।

वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ । आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ ।