November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको खबर झुटो

2.2K

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको खबर झुटो भएको भारतीय सञ्चारले उल्लेख गरेको छ । बलिउड लाइफका अनुसार सलमानमाथि कुनै आक्रमण भएको छैन।

शुक्रबार उनीमाथि मुम्बईमा हत्याको प्रयास भएको भन्ने खबर बाहिरिएको थियो। तर सलमान हाल आफ्नो आगामी फिल्म ‘कभी इद कभी दिवाली’को छायांकनका लागि हैदराबादमा छन्।
 
केही दिनअगाडि एक पत्रमार्फत सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की दिइएको थियो। यस विषयमा मुम्बई पुलिसले छानबिन गरिरहेको थियो। 

मुम्बई पुलिसले उक्त पत्र ग्यांङस्टार लोरेन्स बिश्नोईले पठाएको बताएका छन्।

Advertisement