November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दक्षिण काेरियामा प्रवासी श्रमिक आसा पुरस्कार मधुसूदन ओझालाई

5.8K

दक्षिण काेरियामा प्रवासी मजदुरकाे हकहितको लागि लामाे समय देखि संघर्ष गरिरहेका नेपाली मधुसूदन ओझालाई काेरियाकाे एक मजदुर संगठनले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

मजदुर हक अधिकार का लागी सक्रिय कार्यकर्ता को रुपमा भुमिका निर्वाह गरेको भन्दै प्रवासी श्रमिक को हितैषी सस्था इजुनोदोङ हेमाङ सेन्थ ( 이주 노동 희망 센터 ) ले उक्त पुरस्कार र सम्मान प्रदान गरेको हाे ।उक्त पुरस्कारको राशि १० लाख वन रहेको छ ।ओझा १६ देशका मजदुरहरु सहभागी प्रवासी मजदुर युनियन (MTU)काेरियाका महासचिव समेत हुन ।

प्रवासी मजदुर हक अधिकार का पक्षमा मेरो कार्य का लागी मलाई पुरस्कृत गरेर मेरो हौसला अझ माथी बढाई दिएको छ आेझाले भने ।आगामी दिनमा अझ सक्रिय भएर प्रवासी श्रमिक हक अधिकार लागी लाग्ने छु, पुरस्कार को लागी धन्यवाद दिन चाहन्छु (상 주셔서 감사드립니다)मलाई प्रवासी श्रमिक mtu परिवार सङ्ग जोडिन मा गर्व लाग्छ हामि सबै प्रवासी श्रमिक युनियन mtu मा आवद्ध हौ, ओझा भन्छन् ।

Advertisement

अहिले कन्चनपुर पुर्खोली घर दार्चुला भएका ओझा काेरियामा विगत सात बर्ष देखि कार्यरत छन ।दक्षिण काेरियामा मजदुरकाे पक्षमा हुने आन्दोलन तथा धर्नाहरुमा ओझाकाे सकृय सहभागीता रहदै आएको छ ।