July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

पान्थर समाज सेवा युकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित

लन्डन । पान्थर समाज सेवा युकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित भएका छन् ।समाजको शनिबार भएको सातौं अधिवेशनले काम्बाङलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

२५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति सेलिङ्ग लिम्बु, उपाध्यक्षहरुमा हाङ्गपाल माक्खिम, चन्द्र बेघा, विमला सिगु लोक्सोम, छवि सेलिङ्ग, महासचिव प्रेम धलाब सुहाङ्ग, सचिवहरुमा बिरेन्द्र काम्बाङ्ग, नरेन्द्र तुम्बापो, होमित योङ्गहाङ्ग, कोषाध्यक्ष मित्रप्रसाद राई, सहकोषाध्यक्षहरुमा बिष्णु सिरेङ्ग र केशब महरा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा हरिबहादुर लावती, मोहन माबो, शकुन नेम्बाङ्ग, सुरेश थम्सुहाङ्ग, चन्द्र लावती, गंगा राई, सुर्य केरुङ्ग, नर माक्खिम, सोनाम शेर्पा, पदम गुरुङ, योगेन्द्र बिक्रम तावा र नन्द सुन्दास छन् ।

Advertisement

यस्तै अधिवेशनले शकुन नेम्बाङ्ग (कल्चर/पब्लिक रिलेसन), नन्द सुन्दास महिला विभाग र नर माक्खिमलाई पिसीए कोअर्डिनेटरको जिम्मेवारी तोकेको छ ।

अधिवेशन समाजसेवी एवं वयोवृद्ध ८८ वर्षीय कुबेरसिङ नेम्बाङ्गको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।