May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

रवि लामिछानेप्रति गगन थापाको कटाक्ष, ‘भगवानले ठगे पनि हुने, लुटे पनि हुने’

1.4K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रश्नभन्दा माथि राखेको बताएका छन् ।

बिहीबार पश्चिम नवलपरासी पुगेर महामन्त्री थापाले भने,‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ । अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’

रास्वपा र एमाले भन्दा धेरै काँग्रेसमा नेतृत्वमाथि प्रश्न गर्न पाइने अवस्था रहेको उनले बताए । उनले भने, ‘एमाले कस्तो पार्टी बन्यो भने अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको नेता आलोचनाभन्दा माथि । यसरी पनि पार्टी चलिरहेका छन् । बरु काँग्रेसमा नेतृत्वमाथि प्रश्न गर्न पाइन्छ ।’

Advertisement