July 14, 2025, Monday
२०८२ असार ३१
1:37:26 pm

संविधानमा त्रृटि रहेकोले सच्याउनुपर्छ –यादव

1.4K

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीयतामा नै त्रुटि रहेको बताएका छन् । अध्यक्ष यादवले संघीय संरचना निर्माण गरिए पनि त्यो त्रुटिपूर्ण रहेकोले त्यसलाई पूर्णता दिनका लागि संविधान संशोधन गनुपर्ने कुरामा जोड दिए ।

संघीयताको अनुभूति गर्नका लागि संविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनले शासकीय स्वरुप समेत विकृत हुँदै गएको बताए । शासकीय स्वरुप विकृत भएका कारण कुनै पनि सरकार स्थिर हुन नसकेको बताउँदै यादवले शासकीय स्वरुप नै परिवर्तन गरि कार्यकारी राष्ट्रपतिय प्रणाली बनाउनुपर्नेमा जोड दिए ।

जसपाको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन नभए भविष्यमा नयाँ संविधानका लागि संघर्ष गर्नुपर्ने उनको भनाई छ ।

Advertisement

सदन, सडक र सरकार तीनवटै ठाउँमा रहेर आफ्नो अधिकारका लागि संघर्ष गर्ने बताउँदै उनले सरकारमा रहेर जनताका लागि काम गर्ने, सदनमा नीति निर्माण गर्ने र यी दुवैबाट काम भएन भने सडकबाट पनि आफ्नो अधिकार लिनुपर्ने बताए । यादवले अहिलेको बजेटप्रति पनि असन्तुष्टि पोखे ।

नेपालको शिक्षा प्रणाली पनि एसियामै सबभन्दा कमजोर भएको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणलाई रोक्नुपर्नेमा जोड दिए । त्यसैगरी कृषिलाई आधुनिकरण गर्नका लागि पनि सरकारले काम गर्नुपर्ने भन्दै यी सब कामका लागि जसपा बलियो हुनुपर्ने बताए