काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारलाई १५ बुँदे सुझाव दिएका छन् । व्यवस्थापिका संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वाभिमान, सन्तुलन परराष्ट्रनीति, संविधानको रक्षा र परिपालन, भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नगर्ने प्रतिबद्धता लगायतका १५ बुँदे सुझाव दिएका हुन् ।
यी सुझावका आधारमा नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिएको छ । सरकारलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
यी हुन् अध्यक्ष नेपालले दिएका सुझावहरू:-
१ राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि ध्यान दिनुपर्ने ।
२ सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस् भन्नेमा चनाखो हुनुपर्ने
३ संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन ।
४ सुशासनको सुनियोजित्ता
५ संकटग्रस्त अर्थतन्त्रबाट देशलाई उन्मुक्ति
६ नेपाली नमुनाको समाजवाद
७ बेरोजगारी समस्या सामधानः देशभरका युवालाई सीप मूलक तालिम
८ जनजिविकाको समस्याः महँगी, कालोबजारी नियन्त्रण
९ सुसंस्कृत समाजको निर्माण
१० सबैखाले भाषा, संस्कृति र धर्मको सम्मान
११ भौतिक संरचनाको विकास
१२ वातावरण संरक्षणः विशेषगरी चुरे र जलाधार क्षेत्रको संरक्षण
१३ वैज्ञानिक शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार
१४ कार्यशैलीमा परिवर्तन
१५ समावेशीताको सुनिश्चिता