July 14, 2025, Monday
२०८२ असार ३१
1:37:26 pm

मन्त्रीसँग कार्यकर्ता भेटघाट कार्यक्रममा सहरी विकास मन्त्री चौधरी

1.9K

काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले नेकपा (एकीकृत समाजवादी) को कार्यकर्तासँग भेटघाट गरेका छन् । पार्टीले हालै सार्वजनिक गरेको कार्ययोजना अनुसार मन्त्री चौधरीले बुधबार पार्टी कार्यालय आलोकनगरमा नेता तथा कार्यकर्तालाई भेट गरेका हुन् ।

मन्त्री चौधरीले काभ्रे, भक्तपुर लगायतका करिब तीन दर्जन नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग छलफल गरेका उनले प्रेस संयोजक सूर्य विसीले बताए ।

पार्टीबाट मन्त्री भएका नेताहरुले दिउसो २ देखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई जनगुनासो सुन्नुपर्ने कार्ययोजना अनुसार मन्त्री चौधरीले नेता तथा कार्यकर्ताहरुलाई समय दिएका थिए ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएका नेताहरुले साताको एक दिन पार्टी कार्यालयमा मन्त्रीसँग कार्यकर्ता भेटघाट कार्यक्रमा सहभागि हुनुपर्ने कार्ययोजना बनेपछि पहिलोपटक सहरी विकास मन्त्री चौधरीले कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।

मन्त्रीहरुलाई साताको एक दिन पार्टी कार्यालयमा गएर जनसरोकारका विषयमा सरोकारवालाहरुसँग छलफल अन्तक्रिया र गुनासो सुन्नुपर्ने गरी कार्ययोजना तयार भएको छ ।

जसअनुसार मन्त्रीहरुले पालो गरेर शनिबार बाहेक प्रत्येक दिनको २ देखि ३ बजेसम्म पार्टी कार्यालयमै कार्यकर्ताहरुसँग भेटघाट गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरीएको छ । जसअनुसार सहरी विकासमन्त्री चौधरीलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २ देखि ३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २ देखि ३ बजेसम्म पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ । पार्टी कार्यकर्ता र मन्त्रीसँगको जनसम्पर्क अभिवृद्धि गर्ने उदेश्यले त्यस्तो कार्ययोजना बनाइएको हो ।