काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । प्रर्दशनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाएका छन् ।
उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड सहित काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरि डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ र खाना पकाउने ग्यासमा ७५ रुपैयाँ मूल्य बढाएको थियो ।
मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेको छ ।