April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एसएस फाउन्डेसन र साहित्यिक पत्रकार संघद्वारा चाणिकलाल र अशोक सिंह सम्मानित 

890

काठमाडौं । अर्पण ब्यान्क्वेट, बानेश्वर, काठमाडौमा बिहीबार एसएस फाउन्डेसन र साहित्यिक पत्रकार संघले गत असोज १२ गतेको भीषण बाढीमा पसेर मानवीय धर्म निर्वाह गर्दै दुईजनाको ज्यान जोगाउन सफल तिमाल गाउँपालिका-९, चोकटार, काभ्रेका चाणिकलाल तामाङलाई (फाउन्डेसनबाट प्रायोजित) नगद एकाउन्न हजार राशीसहित सम्मान गर्‍यो । यो सम्मान तामाङको अदम्य साहसको प्रसंशामा गरिएको उल्लेख गरिएको थियो ।

यसैगरी सोही कार्यमा मानवीय धर्म निर्वाह गर्दै भीषण बाढीमा पसेका दुईजनालाई तत्काल अस्पताल लगेर ज्यान जोगाउनु हुने  नेपाल प्रहरीका पूर्व डिआइजी अशोक सिंहलाई पनि साहित्यिक पत्रकार संघबाट सम्मान गरिने घोषणा गरिएको थियो । कार्यक्रममा सिंह अनुपस्थित रहनु भएकोले सम्मानपत्रपछि हस्तान्तरण गरिने जानकारी गराइएको थियो ।

नागरिक समाज काठमाडौं क्षेत्र -१ ले आयोजना गरेको दशैं, तिहार, नेपाल सम्बत् तथा छठपर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री सांसद राजेन्द्र लिङ्देनले प्रदान गरेका थिए ।

Advertisement

नागरिक समाजका अध्यक्ष भिमसेन पुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सहजीकरण गीतकार एवं समाजसेवी शोभित उप्रेतीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, एस एस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अध्यक्ष पुरी लगायतले आआफ्नो मन्तव्य राखेका थिए। 

सो अवसरमा बागमती निर्माण व्यवसायी महासंघको कोषाध्यक्षमा निर्वाचित हुनु भएकोमा राजन उप्रेतीलाई बधाई ज्ञापन गरिएको थियो । 

चणिकलालले गत असोज १२ गते ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनाको उद्धार गरेका थिए ।

चणिकलालले एक सामान्य नागरिकका रुपमा गरेको सम्मानप्रति खुसी प्रकट गर्दै आफुले पाएको राशि आफूले बाढी पहिरो पिडितलाई नै दिने बताए ।

कार्यक्रममा तीनसय बढी व्यक्तिको उपस्थिति रहेको थियो ।