May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु ४९ घाइते

2.7K

एजेन्सी । साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । बिबिसीका अनुसार आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् ।

कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।

रसियाली संचार माध्यमका अनुसार खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Advertisement

खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको बिबिसीले जनाएको छ ।