May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

नेदरल्यान्ड्सले फुकुवा गर्‍यो भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध

1.6K

आम्स्टर्डम– नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ ।

भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो ।

तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ ।

Advertisement

युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ ।