March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

बजेट बिनाकारण कटौती भएको छ भने संसदबाट प्रश्न गर्नुस्: ओली

2.2K

कठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई उनीहरूका क्षेत्रमा सञ्चालन भइरहेका आयोजनाहरूमा बजेट कटौती भएको छ भने प्रश्न गर्न निर्देशन दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भने, ‘आफ्नो जिल्ला, क्षेत्र र प्रदेशमा हिजो के कमजोरी थियो सुधार भयो कि भएन वा अझै घटोत्तरी भए कि यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्न उठाउन सक्नुहुन्छ ।’

pinup pin up pin up pinup

तर त्यसको औचित्य पनि खोज्न आवश्यक हुने भन्दै ओलीले भने, ‘कुनै नयाँ आयोजनाका लागि विशेष काम गर्दैछौं कि? नयाँ, ठूला र राष्ट्रका लागि अत्यन्त महत्वको आयोजना जसले एउटा रूपान्तरणकारी काम गर्छ। त्यस्ता आयोजना सुरू गर्दैछौं र त्यसमा असाधारण ढंगले ठूलो बजेट छुट्याउन परेकाले कतिपय बजेटको साइज घटाएर वा कतिपय ठाउँको बजेट घटाएर त्यसलाई अन्त सार्नुप¥यो भनिएका छन् कि। त्यो पनि हेर्नुपर्छ ।’

Advertisement

ती केही नहुँदा पनि बजेट घटाइएको छ भने कमिकमजोरी औँल्याउनुपर्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘यदी त्यस्तो छैन र एउटालाई अनुकूल र अर्कालाई प्रतिकूल छ भने कमिकमजोरी भयो पनि भन्नुपर्छ । आफ्नो क्षेत्रमा भइरहेको बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको स्थितिमा आयोजनाका लागि छुट्याइएको रकम अझ घट्यो भने त्यसको औचित्य केहो?