May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

अफताब आलमलाई जन्मकैद सजाय

605

काठमाडौं। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

आलममाथि २०६४ संविधान सभाको निर्वाचनको बेला २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको आलम सोही समयदेखि थुनामै थिए ।

Advertisement

उक्त घटनामा संलग्न रहेका आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । उक्त घटनाका अभियुक्त मुक्ति साहले भने सफाइ पाएका छन् ।