May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

ब्राउनसुगरसहित पक्राउ

550

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका -५ घर भई काठमाण्डौ तार्केश्वर मनमैजु बस्ने २० बर्षीय बिनोद तामाङ रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने विषेश सूचनाको आधारमा तामाङलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट आईतवार राती साँढे ७ बजे खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका-६ झापाबाट ४२ ग्राम ५४० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement