January 21, 2026, Wednesday
२०८२ माघ ८
1:37:26 pm

सार्वजनिक सम्पत्ति आगजनी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छः ओली

325

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन र राजनीतिक कार्यकर्ताका घर तथा कार्यालय जलाउने कार्य पूर्ण रूपमा आपराधिक गतिविधि भएको ओलीको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुर्पो उनले बताएका हुन् ।

mostbet

गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले भने, ‘अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ ।’

Advertisement

अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका ओलीले वर्तमान अन्तरिम सरकार देश जलाउनेहरूकै पक्षमा रहेकाले अपराधीहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको आरोप लगाए ।