April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

हिलिहाङमा आयोजित स्वास्थ्य शिविरमा १ सय ६७ जना महिलाले लिए सेवा

1.7K

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीमा आयोजित स्वास्थ्य शिविरमा १ सय ६७ जना महिलाले सेवा लिएका छन् । हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा प्रजनन समस्या सँगै पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण गरिएको हो ।

शिविरमा पाठेघरको मुखको स्किनिङ,आङ खसेका महिलाको रिङ प्रेसरी व्यवस्थापन र उपचार गरिएको स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार शिविरमा ८७ जनालाई पाठेघरको मुखमा क्यान्सर भए नभएको परिक्षण,३३ जनालाई लामो अवधिको परिवारनियोजनको साधन राख्ने ११ जना आङ खसेका महिलाको उपचार गरिएको थियो ।

प्रजनन सेवा रुग्णता कार्यक्रम अन्तरगत शिविर आयोजना गरिएको हो । यसअघि हिलिहाङ १ अमरपुरमा पनि महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिएको घिमिरेले बताए ।

Advertisement