April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिए दीपावलीको शुभकामना

२०७८ कार्तिक २०

2.7K

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेपालीहरुको महान पर्व दीपावलीको शुभकामना दिएका छन् । शुक्रवार एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीहरुले मनाउने पर्व दीपावलीको अवसरमा शुभकामना दिएका हुन् ।

उनले उज्यालो पर्वको शुभकामना दिदै पछिल्ला १८ महिनामा देशबासीलाई कोभिडबाट बच्नको निम्ती गरेका सबै प्रयासहरुको निम्ती धन्यवाद समेत दिएका छन् ।

उनले सरकारले चलाइरहेको खोप अभियानमा साथ दिदै बुष्टर डोज लगाउन समेत जोड दिए । बेलायतमा रहेका सबै मिलेर कोभिड नियन्त्रण गर्ने अभियानमा साथ दिन उनको आग्रह छ ।

Advertisement

विशेष गरी हिन्दु समुदायले यतिबेला दीपावली अर्थात तिहार धुमधामले मनाइरहेका छन् । विभिन्न उज्यालो वत्तीहरुले घर तथा सडकहरु सजिएका छन् । यस अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत शुभकामना दिएका छन् ।

बेलायतमा रहेका नेपालीहरुले यस बर्षको तिहार हर्षाेल्लासका साथ मनाउँदैछन् ।