पिएसजीको जितमा नेयमारको गोल
काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। यो जितसँगै पिएसजीले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ। घरेलु टिम पिएसजीले लाइपजिगलाई १–० गोलले पराजित गरेको हो। पिएसजीको जितमा नेयमारले गोल गरे। खेलको नवौं मिनेटमा एन्जल डि मारियालाई मार्सेल सविट्जरले पेनाल्टी क्षेत्रमा फोउल गरेपछि पिएसजीले पेनाल्टी पाएको...