काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२४/२५ को सिजनबाट च्याम्पियन्स लिगमा ३६ टोली बनाउने निर्णय गरेको हो । हाल च्याम्पियन्स लिगमा ३२ टोलीले खेल्दै आएका छन् ।
नयाँ फर्म्याट अनुसार च्याम्पियन्स लिगमा हरेक टोलीले १० म्याच विकमा ८ खेल खेल्नेछन् ।
यस्तै विगतको युरोपियन प्रदर्शनको आधारमा व्यक्तिगत क्लबलाई च्याम्पियन्स लिगमा दुई स्थान दिने योजना भने रद्द गरिएको छ ।