July 14, 2025, Monday
२०८२ असार ३१
1:37:26 pm

सिटीलाई हराउँदै रियल फाइनलमा

2.2K

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।  

पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६-५ ले विजयी भयो ।

खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

Advertisement

तर, खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।

इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाउँदै रियललाई फाइनल पुर्राए ।

अब रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।