July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

युरोकप : आज समूह चरणका चार खेल हुँदै

450

काठमाडौं– जारी युरोकपअन्तर्गत आज (सोमबार)  समूह बी र सीका चार खेलहरु हुँदैछन्। आज दुवै समूहका अन्तिम चरणका खेलअन्तर्गत समान दुई /दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार राति ९ः४५ बजे  समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्दै छ भने युक्रेनले अष्ट्रियाको सामना गर्दै छ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेदरल्यान्ड्स यस समूहबाट अघिल्लो चरणमा प्रवेश गरिसकेको छ। ६ अंकका साथ समूहको शीर्षमा रहेको नेदरल्यान्ड्स आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाले पक्षमा छ।
अंक विहीन रहदै पुछारमा रहेको म्यासेडोनिया अघिल्ला दुबै खेलमा पराजित भएको थियो।

युक्रेन र अष्ट्रियाबीचको खेलमा विजयी हुने टिमअघिल्लो चरणमा पुग्ने भएकाले यो खेल दुवैका लागि महत्त्वपूर्ण छ दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

आजै सामूह ’बी’को पनि अन्तिम खेलहरु हुँदै छ।  नेपाली समय अनुसार राति १२:५४मा सुरु हुने खेलमा  बेल्जियमले फिनल्याण्डसँग खेल्ने भने रुसले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। अघिल्ला दुई खेल जितेको बेल्जियमका ६ अंक छ। 
आजको खेलमा फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ भने फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।

रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

अघिल्ला दुई खेल गुमाएको डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ। तर, यसका लागि डेनमार्कका लागि जितसँगै फिनल्याण्ड र बेल्जियमबीचको खेलको नतिजाले प्रभाव पार्नेछ।