April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

क्रिकेट खेलाडीलाई एकैपटक एक वर्षको तलब

4.3K

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीको गत वर्षको पारिश्रमिक आज र भोलि दिने भएको छ। 

क्यानको आर्थिक समितिको बैठकले अनुबन्धनमा रहेका सबै खेलाडी र मैदानका कर्मचारीको गत वर्षको पारिश्रमिक सोमबार र मंगलबार एकमुष्ट दिने निर्णय गरेको हो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट खेलाडी र ग्राउण्ड स्टाफ लगाएको रकम निकासा भइसकेको भन्दै वितरण गर्न लागिएको क्यान कोषाध्यक्ष रोशन सिंहले बताए।

Advertisement

महिला खेलाडीलाई सोमबार र पुरुष खेलाडीको पारिश्रमिक मंगलबार भुक्तानी गर्ने उनको जानकारी दिए। क्यानले गत असोजमा पहिलो पटक महिला खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टोलीमा अनुबन्ध गरेको थियो।

जसमा २२ जना महिला र २० जना पुरुष खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। क्यानले यस वर्षको सम्झौता भने गरिसकेको छैन्।