काठमाडौं । जनमत पार्टीका नेता कार्यकर्ताले धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन् । ‘धोती टोपी एक हौं’ भन्दै बिहीबार माइतीघर मण्डलामा उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् ।
पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुव्र्यवहारको विरोधमा अङ्ग्रेजी नयाँ वर्षको दिन धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाइएको पार्टीले जनाएको छ ।
उनीहरुले ‘डा सीके राउत जिन्दावाद’, ‘धोती दिवस जिन्दावाद’, ‘धोती लगाऔं, मौलिकता अपनाऔं’, ‘धोती हाम्रो स्वाभिमान, यही हो हाम्रो पहिचान’ जस्ता नाराहरू लगाएका थिए ।