April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादी काभ्रेबाट उम्मेदवार सिफारिस

1.9K

काभ्रे । नेकपा(एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकले दुइवटा प्रतिनिधिसभा रहेको क्षेत्र नम्बर एक र दुइ को साथै प्रदेश सभा ‘क’ र ‘ख’ को उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा १ का छनौट समितिका संयोजन लाप्साङ लामा र २ छनौट समितिका सचिव प्राणनाथ न्यौपानेको अध्यक्षता र जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यमा बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उम्मेदवार सिफारिस गरिएको हो।

बैठकमा सिफारिस समितिको छलफल पश्चात क्षेत्र नं १ तर्फ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेकपा (एकीकृत समाजवादीका) नेता लाप्साङ लामा ,समिप त्रिपाठी, रेसम लाला श्रेष्ठ , जमुना सापकोटा र समानुपातिकमा मंगललाल श्रेष्ठ , लोक बाहादुर गौतम,निमा लामा घनेन्द्र लामा र दोर्जी लामा पाल्साङ लामा सिफारिस भएका छन् ।

Advertisement

क्षेत्र नं एकको प्रदेश क मा प्रत्यक्षतर्फ मुकुन्द गौतम सर्वसहमतिले सिफारिस भए । समानुपातिकमा प्रदिप कुमार लामा, ध्रुव कुमार रायमाझी, पासाङ डोल्मा लामा, यसु लामा र प्रताप सिंह लामाको नाम सिफारिसमा परेको छ । यस्तै ख मा प्रतक्ष्य तर्फ पुस्कर तिमल्सिना, बिश्वश्रर बन्जरा , कृष्ण सापकोटा र संचिता लामा मानुपातिकतर्फ सरोज कुइकेल , कृष्ण बाहादुर तामाङ, रामदेबि तामाङ रहनु भएको छ ।

यस्तै क्षेत्र नं २ मा नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसहमतिले सिफारिस गरेको छ । समानुपातिकतर्फ तुयकाजी ताम्रकार र तेजबहादुर खड्का लम्बोधर कायस्थ, जगन्नाथ श्रेष्ठ ,मीना परिहार पदमबहादुर परियार सहितका आकांक्षीहरुको नाम सिफारिस गरिएको छ।

सिफारिस समितिले क्षेत्र नं २ को प्रदेश क बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं र समानुपातिकतर्फ राजकृष्ण गिरी , दिल बहादुर तामाङ, मन्जु सेरेठ , प्रेम तामाङलाइ उमेरद्वार सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश ख बाट प्रत्यक्ष तर्फ लक्ष्मण लम्साललाई सर्वसहमतिले पारित गरेको छ । समानुपातिकतर्फ कल्पना श्रेष्ठ ,वीर बाहादुर तामाङ , हरिगोपाल प्रधानाङ्गलाइ उमेरद्वार सिफारिस गरेको छ ।