May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

स्याङ्जाको हरिनास गाउँपालिका–१ मा काँग्रेसका इन्द्रबहादुर गुरुङ विजयी

320

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ विजयी भएका छन् । एमालेका मिलनराज श्रेष्ठलाई पराजित गर्दै गरुङ विजयी बनेका हुन् ।

गुरुङले ८०४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ५४२ मत प्राप्त गरे । यो वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो ।

त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएका छन् ।

Advertisement

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता छ । गठबन्धनकातर्फबाट काँग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ ।

स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।