January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

राप्रपाका नेता गणेश शेरचनको निधन

२०७८ फाल्गुन २२

1.5K

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता गणेश शेरचनको निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ७८ वर्षीय शेरचनको आइतवार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

शेरचनको आइतवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। राप्रपाको संस्थापक नेता शेरचनले तत्कालीन राप्रपा नेपालको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका  थिए। उनका श्रीमती‚ ३ छोरा र १ छोरी छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनको खबरले स्तब्ध र दुःखी भएको बताएका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। यस्तै‚ प्रवक्ता श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन्।

Advertisement