काठमाडाैं– पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकर्ण विष्टले अन्तिम समयसम्म पार्टी एकताका लागि लागिरहने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफू पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन प्रयत्नशील रहेको बताएका हुन्।
‘पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौं, अन्तिमसम्म लागिरहनेछौं। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।’