May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

गाउँपालिका प्रमुखको निर्देशनमा स्वास्थ्यकर्मीलाई स्मार्ट फोन

980

साकेला । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई नागरिकको पहुँच सम्म सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको छ ।

गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एकवटा आधारभूत अस्पतालसहित तीनवटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई सिम र फोनसेट उपलब्ध गराईएको हो ।

२४ सै घण्टा सेवाग्राहीलाई अत्यावश्यक परेको समयमा सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताए । वितरण गरिएको फोन स्‍वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निमित्तको जिम्मेवारी पाएका स्वास्थ्यकर्मीसँग रहने बताईएको छ ।

Advertisement

गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर रास्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको स्मार्ट फोन हस्तान्तरण गरेका छन् ।