July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

स्वास्थ्यमा समस्या आएपछि मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी आइतबार अस्पताल भर्ना भएका हुन् ।

दम र खोकी बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।

Advertisement