March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

नेपालीभाषी इसाईहरुका धरोहर पास्टर कार्थक रहेनन्

4.3K

नेपालीे इसाई मण्डली (नेइम) ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकले ९५ वर्षको उमेरमा भौतिकरुपमा प्रभुमा विश्राम लिनुभएको छ । पास्टर रोबर्ट कार्थकको करिव एक हप्तादेखि ग्वार्कोस्थित विएण्डवि अस्पतालमा उपचार भईरहेको थियो। फेडरेसन अफ नेसनल क्रिस्चियन नेपाल युकेका सदभाव दुत दीपा गुरुङ राईका अनुसार मंगलबार विहान ३ः१५ बजे पास्टर कार्थकले ग्वार्कोस्थित विएण्डवि अस्पतालमा उपचारकोक्रममा भौतिक शरीर छोड्नु भएको हो । उहाँको कोरोना परिक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व.पे्रमकिथ लेप्चा र वुवा स्व.रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानकोरुपमा भारतको कालिङपोङमा भएको थियो । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको यूवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताकोरुपमा ग्रहण गर्नु भएको थियो । शुरुताका उहाँ कालिङपोङपस्थित प्रेस विटिरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । सन् १९६० को दशकमा नेपालमा आई १९६६ मा डिल्लीबजारको संगतिमा पवित्र आत्माको बप्तिस्मा पाएपछि नेपाल लगायत पास्टर रोबर्ट कार्थकलाई विश्वभरका नेपालीभाषी इसाईहरुको एक अभिभावकरुपमा स्थापित हुनुहुन्थ्यो।

स्वर्गीय पास्टर कार्थक नेसनल चर्चेज फेलोसिप अफ नेपाल(एनसीएफ नेपाल)को दोस्रो अध्यक्ष भएर दस वर्षसम्म एनसीएफ नेपाललाई नेतृत्व गर्नु भएको थियो । यसैगरि एनसीएफ नेपालले एक वक्तव्य प्रकासन गर्दै एनसीएफ नेपालले आफ्नो अभिभावक गुमाएको भन्दै आजबाट एक हप्ता कार्यलाय वन्द गर्ने र यस अन्तर्गतका कुनै पनि कार्य सम्पादन नगर्ने  नगराउने जनाएको छ । 

Advertisement

श्रोतका अनुसार विएण्डवी अस्पतालमा उचारकाक्रममा उहाँले केही गरि मलाई प्रभुले यही अवस्थामा उठाउनु भयो भने मेरो विश्रामपछि श्रद्धाञ्जली सभाको आयोजना गरेर मेरो प्रशंसा नगर्नु भनेर परिवारजनलाई अन्तिम संदेश दिनु भएको बताईएको छ । उहाँको निधन पछाडि नेपालीभाषी चर्चका पास्टरअगुवाहरुले उहाँलाई नेपालीभाषी इसाईहरुले सधैं ने एक युग पुरुषको सम्झना गरिरहने प्रतिक्रिया दिएका छन् ।