July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

त्रिवि सेवा आयोगले झण्डै छ सय संख्यामा खुलायो जागिर

काठमाडाैं: त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ। १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।

Advertisement

गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ। प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ। 

https://vacancies.tuservicecommission.edu.np/teacheropen बाट पनि फारम भर्न सकिन्छ। चैत १४ गतेसम्म फारम भर्नुपर्ने समय छ।