April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

आज मौद्रिक नीति सार्वजनिक हुँदै

1K

काठमाडौँ । राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०८१–८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिने, कर्जा विस्तारमा सघाउने जस्ता उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

मौद्रिक नीतिले चालु आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेटको लक्ष्यसँग तालमेल मिलाउन कम्तीमा ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राख्नुपर्ने हुन्छ। किनभने, सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मूल्य वृद्धि प्रक्षेपण गरेको छ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०÷८१ मा पनि ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको थियो। गत जेठसम्म कर्जा विस्तार ५.१ प्रतिशतले वृद्धि भएको छ।

२०७७ चैत २४ मा गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारी गभर्नरमा दोहोरिन सकेनन् भने यो उनको अन्तिम मौद्रिक नीति हो। उनको पाँच वर्षको कार्यकाल २०८१ चैत २४ टुंगिँदैछ। गभर्नरमा दोहोरिने प्रयासमा छन् उनी।