January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

सरकारी कर्मचारीले ‘ओभर टाइम’ भत्ता लिन नपाउने

1K

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । मन्त्रालयले सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन सार्वजनिक गरेको हो ।

जसमा सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो ।

बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ । बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१/८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा बाहेक नयाँ सवारी साधन नकिन्ने गरी व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

Advertisement

यस्तै, सरकारी खर्चमा होटलमा कार्यक्रम समेत गर्न नपाइने भएको छ । सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनानर, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने छ । सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने गरी खर्च गर्न पनि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।