July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप जारी

काठमाडौं । नेकपा एमालेले सबै सांसलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो ।

Advertisement

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ । आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ ।